आज जेठ २४ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. जेठ २४, २०७७ । ई.सं. 06 June, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० तछलागा । प्रमादी उत्तरायण ग्रीष्म । शनिवार आषाढ कृष्णपक्ष । तिथि प्रतिपदा, २३:३९ बजे उप्रान्त द्वितीया । नक्षत्र ज्येष्ठा, १६:२९ बजे उप्रान्त मूल । योग साध्य, १८:५९ बजे उप्रान्त शुभ । करण वालव १२:२२ बजेदेखि कौलव, २३:३९ बजे उप्रान्त वणिज । चन्द्रराशि वृश्चिक । आनन्दादि योग मुसल । दिनमान ३४।२६ । सूर्योदय ०५:१० । सूर्यास्त १८:५६ ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन खिन्न हुने स्थिति आउनेछ । मानसिक दबाब र तनाव बढेको महसुस हुनेछ । दाम्पत्य जीवनमा मतभेद सिर्जना हुनसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्त वा इष्टमित्रसंग पुनर्मिलनको योग रहेको छ । आज सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रेमीको सहयोग पाईनेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्नेजस्ता समस्यालेपनि सताउन सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) जोश जाँगर र हिम्मत वढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण होला । सन्तान सुखपनि मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । सामाजिक उपकारको काममा सहभागी भईएला । बौद्धिकताको विकासपनि हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पारिवारिक सुख एवं सहयोग मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । अधुरा कार्य पूरा गर्न आफन्तबाट सहयोग मिल्नेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *