उपत्यकासहित देशभर वर्षा, बाढीको सम्भावना भएकाले सचेत रहन आग्रह

काठमाडौं । नेपालमा स्थानीय वायु र अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवातको प्रभावले काठमाडौं उपत्यकालगायत देशैभर वर्षा भइरहेको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र वाग्मती प्रदेशभरि तथा प्रदेश ५ का अधिकांश भूभागमा मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर वर्षा भएकाले चट्याङ, हावाहुरी र केहि स्थानमा बाढीको समेत सम्भावना रहेको हुँदा सतर्कता अपनाउन हुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

यस्तो छ आज र भोलीको पूर्वानुमान :-

जेठ २४ गते (शनिबार)
दिउँसोः प्रदेश १,२, र बागमती प्रदेश मा पूर्ण बदली तथा गण्डकी, कर्णाली प्रदेशमा सामान्य बदली, प्रदेश ५ र सु.प. प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १,२, र बागमती प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी , कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः प्रदेश १,२, र बागमती प्रदेश मा पूर्ण बदली तथा गण्डकी, कर्णाली प्रदेशमा सामान्य बदली, प्रदेश ५ र सु.प. प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश २ र बागमतीका केहि र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

जेठ २५ गते (आइतबार)
दिउँसोः प्रदेश १,२, गण्डकी र बागमती प्रदेशमा सामान्य बदली तथा कर्णाली र सु.प. प्रदेशमा आंशिक बदली रहनेछ भने प्रदेश ५ मा सामान्यतया सफा रहनेछ । प्रदेश १, २, बागमती ,गण्डकी प्रदेशका केही स्थानहरुमा र कर्णाली र सु.प. प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः वागमती प्रदेश र प्रदेश १ मा सामान्य बदली रहनेछ ,२ र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकि स्थानहरुमा सामान्यतया सफा रहनेछ । प्रदेश १, र बागमती प्रदेशका थोरै स्थानहरुमा,गण्डकी प्रदेश र प्रदेश २ का एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *