विश्व वातावरण दिवसमा जेसिजको एक सदस्य एक विरुवा अभियान

काठमाडौं । विश्व वातावरण दिवसको उपलक्ष्यमा नेपाल जेसिजमातहतका देशैभरिका शाखामार्फत सबै जेसिजका सदस्य हरुले बृक्षारोपण गरेका छन् ।

विश्व वातावरण दिवसको नारा ‘celebrating biodiversity‘ र त्यसैमा साथ दिदै नेपाल जेसिज SDG committe को नारा ‘one plant my responsibility’ भन्ने नारालाई सार्थक पार्न प्रत्येक जेसिज सदस्य एक एक वटा बिरुवा रोपेका हुन् ।

दिगो लक्ष्य बिकासका माध्यमबाट समाजमा रहेका युवाहरूलाई अवसर प्रदान गरि दिगो विकास अन्तर्गतका कार्यहरु अगाडि बढाउन र सयुक्त राष्ट्रिसंघले अगाडि सारेको लक्ष्यलाई सघाउने एउटा सुचाङ्क बृक्षारोपण रहेको नेपाल जेसिज का (एसडिजी)राष्ट्रिय संयोजक आशिष शर्माले बताए ।शुक्रबार विश्व वातावरण दिवसका दिन नेपाल जेसिज मातहतमा रहेका १५६ शाखा का सबै सदस्यहरुले यो अभियानमा जोडिएर देशभर पाँचहजार विरुवा रोपेर साथ दिएको दिगो लक्ष्य बिकास समितिका संयोजक शर्माको भनाइ छ ।

दिगो लक्ष्य बिकास अन्तर्गत १३औं बुदामा समेटिएको बृक्षारोपण पर्दछ र दिगो बिकास ग्लोबल पाट्नरको रूपमा जेसिज रहेकोले यो कार्यमा जेसिजले अग्रसरता लिएको हो । नेपालमा जेसिजको सदस्य रहेका करिब १५ हजार युवा विभिन्न पेशा व्यवसायमा रहदै जेसिज अभियानमा आवद्ध छन् ।यी युवालाई सक्षम र सबल बनाउन जेसिजले नेतृत्व, व्यक्तित्व विकासका माध्यमबाट व्यक्तिमा रहेको अन्तर्निहित क्षमतालाई प्रस्फुटित गर्दै समाजको समृद्धी खोज्ने कार्यका साथै विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *