‘निसर्ग’ चक्रवातको प्रभाव सकियो, मौसम सामान्यतया सफा

काठमाडौं । अरब सागरबाट उत्पन्न भएको निसर्ग चक्रवातको प्रभाव नेपालमा कमजोर भएकाले आजदेखि मौसम सुधार हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम पश्चिमी भूभागबाट विस्तारै सुधार हुँदै जानेछ ।

आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय भएकोजस्तो लागे पनि यो मनसुन नभई अन्य प्रणाली भएको महाशाखाका भनाई छ । सामान्यतया नेपालमा जुन १० देखि मनसुन शुरु हने गर्दछ । यस वर्ष औषत समयभन्दा एक साता ढिलो मनसुन भित्रिने अनुमान मौसमविद्को छ ।

आजबार देशका धेरै स्थानमा सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेशका केही स्थानमा र कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश नं २ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान :-

जेठ २५ गते (आइतबार)
दिउँसोः देशका धरैजसो स्थानमा सामान्य बदली रहनेछ। प्रदेश १, बागमती ,गण्डकी प्रदेश तथा प्रदेश ५ का थोरै स्थानहरुमा र कर्णाली, सुदुर पश्चिम प्रदेश र प्रदेश २ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः वागमती प्रदेश र प्रदेश १ मा सामान्य बदली रहनेछ बाँकि प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुइ स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

जेठ २६ गते (सोमबार)
दिउँसोः प्रदेश १, गण्डकी, बागमती, र कर्णाली प्रदेशहरुमा सामान्य बदली तथा प्रदेश २, सुदुर पश्चिम र प्रदेश ५ मा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती ,गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली, सुदुर पश्चिम, प्रदेश २ र ५ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः वागमती प्रदेश, प्रदेश १ र प्रदेश २ मा सामान्य बदली रहनेछ भने बाँकि प्रदेशहरुमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुइ स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

जेठ २७ गते (मंगलबार)
दिउँसोः प्रदेश १, गण्डकी, बाग्मती, कर्णाली, सु.प प्रदेशमा सामान्य बदली तथा प्रदेश २ र ५ मा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती ,गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली, सु.प, प्रदेश २ र ५ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर आन्शिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, प्रदेश ५ तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *