प्रतिनिधि सभा बैठक ११ बजे: यस्तो छ आजको कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ को विभिन्न शीर्षकहरुमाथि जारी छलफल जारी रहने भएको छ । बिहान ११ बजेका लागि डोकिएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्‍ट्रिय सुरक्षा परिषद्‍को वार्षिक प्रतिवेदन २०७५र७६’ पेश गर्ने कार्यसूची छ ।

संघीय संसद सचिवालयका महासचिव डा। भरतराज गौतमका अनुसार आज अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कृषि तथा पशुपंक्षि विकास मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि छलफल जारी रहने छ ।

यस्तै, जनमोर्चा सांसद दुर्गा पौडेलले विनियोजन विधेयक, २०७७ अन्र्तगत विभिन्न मन्त्रालयगत शीर्षकको खर्च रकममा एक सय रुपैयाँ घटाईयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने अर्को कार्यसूची रहेको छ ।

यस्तो छ कार्यसूची :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *