यी ४७ होटलमा बस्न सकिन्छ आफ्नै खर्चमा क्वारेन्टाइन [सूचीसहित]

काठमाडौं । सरकारले होटलमा आफ्नै खर्चमा क्वारेन्टाइन बस्न चाहनेहरुका लागि होटलको सूची सार्वजनिक गरेको छ । विदेशमा रहेका नेपालीको उद्धारकार्य सुरु गरेसँगै सरकारले काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका ४७ होटलको सूची सार्वजनिक गरेको हो ।

यसरी विदेशबाट आएका नागरिकलाई आफ्नै खर्चमा क्वारेन्टाइनमा बस्न चाहनेका लागि होटलको सूची सार्वजनिक गरेको हो । काठमाडौं उपत्यकासहित चितवन, रुपन्देही र पोखराका चार तारेको संख्या-३, तीन तारेको-९, दुई तारे-२, एक तारे-५ र पर्यटक स्तरका-२८ होटल रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिलो चरणमा सो सूची सार्वजनिक गरेको हो । शुक्रबार म्यानमार र युएईबाट १ सय ९४ जना नेपाली सरकारको समन्वयमा स्वदेश फिर्ता भएका थिए ।

हेर्नुस् सरकारले सार्वजनिक गरेका होटलको सूची :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *