बारुला चलाएर संसदलाई तर्साउने काम बन्द गरियोस्ः काँग्रेस सचेतक कार्की

विराटनगर । नेपाली काँग्रेस १ नम्बर प्रदेशका सचेतक केदार कार्कीले संघिय सरकारले वार्षिक बजेट प्रस्तुत गरिरहँदा देशमा संघियता आएको छ भन्ने बिर्सिएकाे बताएका छन् ।

आईतबार प्रदेश नम्बर १ को प्रदेश सभाको नीति तथा कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् । कार्कीले भने, ‘अर्थमन्त्री नीतिगत भ्रष्टाचारमा लागेर वातावरणीय दृष्टिकोणले नेपाल कै उर्जा शक्तिलाई प्रयोग गर्ने खालकाे आयातित पेट्रोलियम पदार्थ आयात गर्नेलाई बन्देज लाग्ने खालकाे भेइकलकाे भन्सार एकिकृत वृद्धि गर्नु हो । त्यति मात्रै होईन वृद्धि गर्नुभन्दा अगाडी सेटिङ गरेर विरगञ्ज भन्सारबाट रोकिएका गाडी छिराउनु हो, अनि वृद्धि गर्नु हो ।’

बालुवाटारको जग्गामा होेस् या अहिले बजेट भाषण गर्दा नीतिमा होस् संघीय सरकार जनतालाई मार्ने र शासकलाई पोस्नेतिर लागेकाे उनले आरोप लगाए । ‘प्रधानमन्त्रीले अरिङगाल चलाउने कुरा गर्नुभयो । मुख्यमन्त्रीले बारुला चलाउने कोशिस गर्दै हुनुहुन्छ’, कार्कीले भने, ‘आर्मीको पृतनापतिले गाेली ठोक भन्दा गोलीले नछेडेको छातीमा बारुलाले चिलेर केहि पनि हुँदैन । त्यसकारण बारुला चलाएर संसदलाई तर्साउने काम बन्द गरियोस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *