‘अनैतिक सम्बन्धबाट शिशु जन्मियो, आमाले जिउँदै खाल्डोमा गाडिन्’

काठमाडौं । नुवाकोटकी एक महिलाले आफ्नै शिशुको हत्या गरेकी छिन् । नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर १ की ४० वर्षीया सुकुमाया तामाङले आफ्नै शिशुको हत्या गरेकी हुन् ।

ती महिलाको वडा २ का ३६ वर्षीया सानो कान्छा भन्ने धनबहादुर तामाङसँग अनैतिक सम्बन्ध राखेको र उनीहरुबाट जन्मिएको शिशुलाई गएको शुक्रबार दिउँसोको समयमा जिउँदै गाल्डो खनि पुरेको स्थानीयले बताएका छन् ।

शिशुलाई खाल्डो खनि पुरेको अवस्थामा स्थानीयहरुले थाहा पाएर प्रहरीलाई खबर गरेपछि कार्यालयबाट प्रहरी अधिकृत सहितको टोली खटिएको थियो । टोलीले खाल्डोबाट बालकको शव निकाली पोष्मार्टमका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पठाएको छ ।

घटनापछि फरार रहेकी सुकुमायालाई पनि प्रहरीले शनिबार नियन्त्रणमा लिइसकेको छ । उनी आफ्नै फुपुको घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरिक्षक बिष्णु फुयालले बताए । घटनाबारे सोधपुछ गर्दा ती महिलाले ‘धन बहादुर तामाङले यो बच्चा जन्मेपछी हाम्रो अनैतिक सम्बन्धको बारेमा सबैलाई थाहा हुन्छ, त्यसैले गोठमा गई यो बच्चा जन्माउ र जन्मेपछी बारिमा नै गाडेर आउनू । अरु सहयोग म गरौँला’, भनेको बताइन् ।

महिलाको बयानपछि प्रहरीले धन बहादुर तामाङलाई पनि आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ । अहिले उनीहरु दुवैलाई ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दा शिर्षकमा नुवाकोट जिल्ला अदालतबाट थप अनुसन्धानको लागी १५ दिनको को म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *