काँग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज सोमबारका लागि बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कोरोनाको महामारीका विषयमा छलफल हुने काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जनाएका छन् ।

उनकाअनुसार कोरोना भाइरसका बारेमा विशेष छलफल र निर्णय गर्नको लागि आकस्मिक बैठक बोलाईएको हो । यस्तै समसामयीक राजनीतिक घटनाक्रमका बारेमा पनि बैठकमा परामर्श हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *