काठमाडौंमा भीषण बर्षा, नदी र खोला आसपासका बस्ती जलमग्न

काठमाडौं । गएरातीको भीषण वर्षाले काठमाडौं उपत्याकाका केही ठाउँ डुबानमा परेका छन् । वाग्मती, विष्णुदेवी, बल्खु खोला लगायतका नदी र खोला आसपासका केही बस्ती डुबानमा परेका हुन् ।

प्रहरीका अनुसार काठमाडौंको बागबजार, कुलेश्वर लगायतका ठाउँका बस्ती पनि जलमग्न भएको छ । राती झण्डै एक घण्टा भीषण वर्षा हुँदा नदी र खोलामा बाढी आएको हो ।

राती राजधानी काठमाडौंमा ठूलो पानी परेको हो । बिहानै वर्षा रोकिएपछि बस्तीमा जमेको पानी घट्न थालेको छ । सामान्यत: जेठ वैशाखमा हावाहुरीसहित साँझपख हल्का वर्षा हुने भए पनि राती बर्खामा जस्तै पानी परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *