सप्तरीको एउटै स्थानीय तहका थप १६ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ९३ पुग्याे

सप्तरी । सप्तरीमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ९३ पुगेको छ । आज (सोमबार) बलान बिहुल गाउँपालिकामा १६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९३ पुगेको हो ।

जिल्लाको स्वास्थ्य कार्यालय प्रमुख दुनियाँलाल यादवका अनुसार संक्रमितहरु गाउँपालिकाको वडा नम्बर ५ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ३ जना र वडा नम्बर २ का १ जना छन् । संक्रमित सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए । अहिले संक्रमित सबैलाई सदरमुकाम राजविराजस्थित साइकृष्णा मेडिकल कलेजको आइसोलेसनमा ल्याउने तयारी भइरहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *