भारतमा बढ्दो कोरोना संक्रमणका बिच आजबाट मल र सार्वजनिक स्थान खुला
मकालु खबर
२०७७ जेठ २६ गते
नयाँ दिल्ली । भारतमा बढ्दो संक्रमणका बिच लकडाउन खुकुलो बनाइएको छ । आजबाट त्यहाँ मल, पसल र सार्वजनिक स्थान खुला गरिएको छ ।
हिजो मात्रै भारतमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या २ लाख ५० हजार नाघेको छ । आइतबार एकै दिन १० हजार ७ सय नयाँ संक्रमित थपिएपछि भारतमा कोभिड १९ संक्रमितको संख्या २ लाख ५७ हजार ३ सय ३४ पुगेको हो।
कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या पनि ७ हजार पार भएको छ। आइतबार एकैदिन २ सय ६२ जना संक्रमितले ज्यान गुमाएका छन् ।
मकालु खबर
२०७७ जेठ २६ गते
प्रतिक्रिया
सम्बन्धित