पाकिस्तानका पूर्वप्रधानमन्त्रीलाई कोरोना संक्रमण पुष्टि

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री साहिद खाकान अब्बासीलाई कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

उनलाई कोरोना भाइरसको संक्रमण भएको उनको परिवार र पार्टीले पुष्टि गरेको अलजजिराले जनाएको छ । अहिले उनी सेल्फ आइसोलेसनमा रहेका छन् ।

उनले सन् २०१७ देखि २०१८ सम्म १० महिना पाकिस्तानको प्रधानमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *