पूर्वसांसदद्धय कुँवरलाई मातृशोक

काठमाडौं । अछाम जिल्लाका पूर्वसांसदद्वय बलबहादुर कुँवर र विजयी कुँवरलाई मातृशोक परेको छ । पूर्वसांसदद्वयकी ८९ वर्षीय आमा चन्द्रादेवी कुँवरको सोमवार धनगढी कैलालीमा निधन भएको हो ।

विगत लामो समयदेखि विभिन्न रोगबाट अस्वस्थ रहदै आएकी चन्द्रादेवी अछामका कुँवर परिवारको बुढी हजुरआमा थिइन् । उनको कैलालीकै मोहना नदीमा अन्त्यष्टि गरिएको छ ।

उनका श्रीमान स्वर्गीय दिलबहादुर बुडथापा (कुँवर) नेपाली काँग्रेस अछाम–बाजुरा जिल्लाको संस्थापक सभापति २०१५ सालमा निर्वाचित सांसद थिए । तीन छोरा र एक छोरी मध्ये बलबहादुर कुँवर श्रीलङ्का र पाकिस्तानका लागि पूर्वराजदूत र विजय कुँवर राष्ट्रिय योजना आयोगका पूर्वसदस्य हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *