देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । मौसमी प्रणलीको प्रभावले आज देशका अधिकांश स्थानको मौसम बदली रहने भएको छ । स्थानीय, पश्चिमी वायुका साथै भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापीय प्रणालीको प्रभावले अपरान्‍हपछि अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको हो ।

नेपालमा मनसुन भित्रिने सरदर समय १० जुन हो । तर, यस वर्ष औसत समयभन्दा केही ढीलो मनसुन भित्रिने भएको छ । मनसुन शुरू हुनुपूर्व जुन किसिमको वातावरण हुनपर्ने हो त्यो बनिसकेको छैन ।

मौसमविद्का अनुसार मनसुन भित्रिनका लागि मनसुनी हावा वायुमण्डलको तल्लो सतहदेखि माथिलो सतहसम्म रही त्यसको प्रवेश राम्रोसँग देखिन न्यून चापीय रेखा प्रष्टसँग देखिनपर्ने हुन्छ । यसका साथै न्यून चापीय क्षेत्रको विकास भएर न्युन चापीय रेखा नेपालतिर परेको हुनुपर्छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

जेठ २७ गते (मंगलबार)
दिउँसोः प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदुर पश्चिम प्रदेशमा सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली रहनेछ । प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा प्रदेश २, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

जेठ २८ गते (बुधबार)
दिउँसोः देशभर सामान्य बदली रहनेछ। प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः प्रदेश १, बागमती, गण्डकी प्रदेशका भू-भागमा सामान्य बदली रही बाँकी प्रदेशका भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, बाग्मती प्रदेश, तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

जेठ २९ गते (बिहिबार)
दिउँसोः प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदुर पश्चिम प्रदेशमा सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली रहनेछ।प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा सुदुर पश्चिम प्रदेश र प्रदेश ५ मा आंशिक बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *