एमसीसीका विषयमा संसदले जे निर्णय गर्छ, त्यही हुन्छः अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले राजश्वको दायरा बढाउँदा पनि पछिल्लो वर्षमा राजश्व बढ्न नसकेको बताएका छन् । आज (मंगलबार) को प्रतिनिधि सभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । अब उच्च अंकको आर्थिक वृद्धि हात नपारी राजश्व पहिलकै दरमा बढाउन नसकिने अवस्था आएको उनको भनाइ छ ।

त्यस्तै मन्त्री खतिवडाले प्रादेशिक विनियोजित बजेटका सन्दर्भमा उठेका प्रश्नको पनि जवाफ दिए । कार्यक्रम नै पेश नभएकाले बजेट कम विनियोजन भएको बताए । कार्यक्रम नै नआई बजेट दिँदा सरकारको मापदण्डमाथि नै प्रश्न उठ्न सक्ने भन्दै उनले त्यसमा ख्याल गर्न आग्रह गरे ।

‘कार्यक्रम नै नआई बजेट दिँदा सरकारको मापदण्डमाथि नै प्रश्न उठ्न सक्छ, यो ख्याल गर्नुपर्छ । प्रदेशबाट योजना माग गर्दा नआएपछि केका आधारमा हाल्दिने ?’ उनले भने ।

मन्त्री खतिवडाले अमेरिकी सहयोग एमसीसी कार्यक्रम संसदमा विचाराधीन रहेको सम्झौतापत्र पारित भएपछि मात्रै कार्यान्वयनमा जाने स्पष्ट पारे । एमसीसीले छुट्याएको रकम बजेटको सम्भावित स्रोतका रूपमा अनुसूचीमा राखिएको भन्दै सांसदहरूले जवाफको माग गरेका थिए । जवाफमा उनले यस्तो स्पष्टिकरण दिएका हुन् ।

आगामी वर्ष राजश्व र बजटको आकार घट्दा पनि प्रदेश र स्थानीय तहमा जाने बजेट नघटाइएको बताउँदै खतिवडाले संघमा पुराना दायित्व धेरै भएकाले दुई तिहाई बजेट माथि राख्नुपरेको प्रष्टीकरण दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *