प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् । उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका काम, संसदमा पेश गरिएको बजेट लगायतको विषयमा उठेका प्रश्नको जवाफ दिने छन् ।

प्रतिनिधि सभा बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *