कोरोना नियन्त्रणमा सरकारको कदम प्रभावकारी रहेको प्रधानमन्त्रीको दावी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणमा सरकारको कदम प्रभावकारी रहेको बताएका छन्। कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले सुरु देखि नै प्रभावकारी रूपमा कदम चालेको दाबी गरे।

प्रतिनिधिसभा बैठकमा उनले भने, ‘ठुला, विकसित सबल राष्ट्रहरू प्रतिकूल ढङ्गले आक्रान्त छन्, हामीकहाँ असर पर्नु अस्वाभाविक होइन । हामीले सुरु देखिनै प्रभावकारी ढङ्गले प्रयास थाल्यौं।’ कोरोनाविरुद्ध शत प्रतिशत काम गर्न नसकिएको हुन सक्ने भए पनि अधिकतम प्रयास गरेको प्रधानमन्त्री ओलीको भनाइ छ।

उनले कोरोनाको सङ्क्रमणको सुरुवातबाटै लकडाउनको नीति लिएको भन्दै सरकारले चालेको लकडाउनको नीतिको प्रतिरक्षा गरे। उनले कोरोना सङ्क्रमण बाँध फुटेको जसरी आएको भन्दै केही केही प्रदेशमा व्यवस्थापकीय कमजोरी रहेको बताए। कुनै प्रदेशमा पीसीआर मेसिन जडान गरे पनि सञ्चालनमा समस्या रहेको बताए। तथापि, २१ ठाउँमा परीक्षण भइरहेको र केही नभएको अवस्थाबाट त्यहाँ पुगेको पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *