कर्णालीमा खस्यो सिमाबाट उद्दार गरिएका लाई क्वारिन्टाइनमा लैजादै गरेको टिपर
कालिकोट । भारतीय सिमा बाट उद्दार गरिएका लाई क्वारिन्टाइनमा राख्नको लागि लैजादै गरेको टिपर कर्णालीमा खसेको छ।
कालिकोटमा भारतबाट आएका नेपाली नागरिकहरुलाई क्वारिन्टाइनमा लैजान लागेको टिपर नरहरिनाथ गाउँपालिका १ लालिबजारबाट रास्कोट नगरपालिका तर्फ जाँदै गरेको अवस्थामा बीच बजार भन्ने ठाउँ बाट टिपर कर्णाली नदीमा खसेको हो ।
ना ८ ख ५३३३ नम्बरको टिपर खसेको हो । कालिकोटा जिल्लाका सहायक जिल्ला अधिकारी युबराज गुरागाईका अनुसार बुधबार बिहान खसेको टिपरमा ३९ जना यात्रु रहेको प्रारम्भिक जानकारी आएको छ ।
ती मध्ये ५ जनाको उद्दार भएको सहायक जिल्ला अधिकारी गुरागाईले जानकारी दिए । ‘अहिले नेपाली सेना ससस्त्र प्रहरी बल र बिपत ब्यवस्थापन संयन्त्र समिति लगायतको टोली घटनास्थल तर्फ प्रस्थान गरिसकेका छन ।
बेपत्ता मध्ये ५ जनाको उद्दार गरि अस्पताल पुर्याइएको छ । थप विवरण आउन बाँकी रहेको छ ।