कोरोना संक्रमणबाट मात्र १५ जनाको मृत्यु भएको होइनः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट अहिलेसम्म निधन भएका १५ जना सबै कोरोनाकै कारण मात्र मृत्यु नभएको बताएका छन्। प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अन्य विभिन्न रोगका कारण उपचार गराइरहेकाहरूमा संक्रमण हुन पुग्दा उनीहरूको मृत्यु भएको बताए।

‘कोरोनाकै कारण मात्र १५ जनाको मृत्यु भएको होइन,’ उनले भनेका छन्, ‘नेपालीको रोग प्रतिरोधात्मक क्षमता राम्रो छ, उपचारको प्रबन्ध पनि राम्रो भएको छ।’ उनले नेपालमा कोरोनाका कारण मृत्युदर निकै कम रहेको बताए। प्रधानमन्त्री ओलीले नेपालमा कोरोना संक्रमित भएकाहरूमध्ये ८५ प्रतिशतभन्दा बढी भारतबाट आएका व्यक्ति रहेको पनि बताए।

उनले भनेका छन्, ‘मैले भन्नैपर्ने हुन्छ हामीकहाँ संक्रमित कोरोनामध्ये ८५ प्रतिशतभन्दा बढी भारतबाट आएका व्यक्तिहरू छन्। भारतबाट जुन व्यक्तिहरू नेपाल प्रवेश गरेका थिए उहाँहरूमा कोरोना देखिएको हो।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *