भारतका योगी आदित्यनाथलाई प्रधानमन्त्री ओलीको यस्तो जवाफ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको अभिव्यक्ति निन्दनीय भएको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपाललाई हेप्न खोजेको हो भने आफूहरु हेपिन तयार नभएको बताए।

‘उत्तर प्रदेशमा मुख्यमन्त्री आदित्यनाथले नेपालको विरुद्धमा त्यसरी बोल्नुभएको हो भने त्यो जायज हैन । यदि त्यसरी नेपाललाई उहाँले धम्काउन खोज्नुभएको हो भने त्यो उचित हैन,’ उनल अगाडि भने, ‘उहाँ मुख्यमन्त्रीका हिसाबले यदि त्यस्तो बोल्नु भएको हो भने आलोच्य विषय हो। यदि उहाँले नेपाललाई धम्क्याउन खोज्नु भएको हो भने त्यो निन्दनीय विषय हो। त्यसलाई नेपालमाथिको अपहेलनाको रुपमा बुझ्छौं। नेपाल हेपिन तयार छैन। हेपिन मान्दैन भन्ने कुरा योगीजीलाई स्मरण गराउन चाहन्छु।’

गत बुधबार भारत लखनउमा इन्डो एसियन न्युज सर्भिसलाई दिएको अन्तर्वार्तामा महामन्त्री योगी आदित्यनाथले नेपालले आफ्नो देशको राजनीतिक सीमा निर्धारण गर्नुभन्दा अघि त्यसबाट उत्पन्न हुने परिणामका बारेमा सोच्नुपर्ने अभिव्यक्ति दिएका थिए। उनले ‘तिब्बतले के गल्ती गरेको थियो भन्ने पनि नेपालले सम्झिनुपर्छ’ भनी धम्कीपूर्ण भाषा बोलेका थिए।

कांग्रेस सांसदहरुले त्यस विषयमा सरकारको धारणा माग गरेपछि जवाफमा प्रधानमन्त्री ओलीले त्यसरी नेपाललाई धम्क्याउन खोजिएको हो भने उचित नहुने बताए। उनले सन् १९५० को भारतसँगको सन्धि अपमानपूर्ण भएको र त्यसलाई नेपालले अहिलेसम्म नस्वीकारेको बताए। आफू भारत भ्रमणमा गएको बेला छलफल गरेर उच्चस्तरीय समिति बनाएर त्यसबार अध्ययन गरेको र त्यसको प्रतिवेदन बुझ्न भारतले नमानिरहेको बताए। भारतले प्रतिबेदन बुझ्न नमान्नु र सिफारिसहरुलाई कार्यान्वयन गर्न नखोज्नु सहज कुरा नभएको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *