एमसीसीविरुद्ध विप्लव समूह, सांसदलाई दिए यस्तो चेतावनी

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टी पनि अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध उभिएको छ ।

यदि सांसदहरु एमसीसीको पक्षमा उभिए जिल्ला प्रवेशमा रोक लगाउने समेत धम्की दिइएको छ । विप्लव समूह डोटीले बुधबार एक विज्ञप्ति जारी गर्दै एमसीसीलाई राष्ट्रघाती सम्झौता भनेको छ ।

जनताको विरोधका बाबजुद एमसीसी पास गर्ने प्रयास भइरहेको भन्दै डोटेली जनताका तर्फबाट रोक्न भूमिका खेल्न डोटीका जनप्रतिनिधिलाई आग्रह गरिएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणको यो विपद् परिस्थितिमा समेत कमिसन, भ्रष्टाचार चलिरहेको विप्लव समूहको दाबी छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *