सुनको मूल्यमा अनपेक्षित वृद्धि, एक तोलाकै ८९ हजार
मकालु खबर
२०७७ जेठ २९ गते
काठमाडाैं । स्थानीय बजारमा सुनको मूल्यमा अनपेक्षित रुपमा वृद्धि भएको छ । आज बजार खुल्दा प्रतितोला पहेँलो धातुको मूल्य रु ८९ हजार ६०० कायम भई हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा रु हजारले बढेका छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला रु ८९ हजार १६५ मा कारोवार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला रु ९५० कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको स्थानीय बजारमा पनि प्रभाव परेको सुनचाँदी व्यवसायीले बताएका छन् । गत आइतबारदेखि सुनको मूल्यमा निरन्तर बढोत्तरी भइरहेको छ । उक्त दिन रु ८७ हजार ४०० मा एकतोला सुन खरिद बिक्री भएको थियो । रासस
मकालु खबर
२०७७ जेठ २९ गते
प्रतिक्रिया
सम्बन्धित