लकडाउन उल्लंघन गर्ने युक्रेनका राष्ट्रपतिलाई जरिवाना
मकालु खबर
२०७७ जेठ २९ गते
युक्रेन । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम न्युनिकरणका लागि जारी लकडाउन उल्लंघन गरेको भन्दै युक्रेनका राष्ट्रपति भाेलाेदमिर जेलेन्स्कीलाई जरिवाना गराइएको छ ।
३ जुनमा खमेन्काईस्थित एक क्याफेमा गएको भन्दै उनलाई जरिवाना गराइएको हो । यसबारे उनले नै जानकारी गराएका हुन् । जरिवाना कति तिरेकाे भन्ने उनले नखुलाएकाे बीबीसीले उल्लेख गरेकाे छ ।
उनका एक कर्मचारीले राष्ट्रपतिले क्याफेमा बसेकर कफी पिइरहेको फोटो पोस्ट गरेका थिए । उक्त समय सहरमा क्याफेहरु बन्द गरिएका थिए । राष्ट्रपति जिलेन्स्कीलाई मास्कसमेत नलगाएको पाइएको थियो । ‘उहाँहरुले राम्रो काम गर्नुभयो,’ राष्ट्रपतिले जरिवानाका विषयमा भने ।
मकालु खबर
२०७७ जेठ २९ गते
प्रतिक्रिया
सम्बन्धित