निजी सवारी साधन जोर बिजोर चल्ने, सार्वजनिक यातायात नचल्ने

काठमाडौं। सरकारले लकडाउनको मोडालिटीलाई केही परिवर्तन गरेको छ। सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बुधवार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार लकडाउनको मोडालिटीलाई केही परिवर्तन गर्न नयाँ आदेश जारी गरेको बताए।

उनका अनुसार मन्त्रिपरिषद्ले उपत्यका लगायत सम्बन्धित जिल्लामा निजी सवारी साधनलाई जोर बिजोर गरी चल्न दिने निर्णय गरेको छ। खुल्ला गरिएको सवारी साधनमा साइकल, मोटरसाइकल र निजी सवारी चल्न पाउने उनले बताए। खतिवडाले पैदल आवागमन पनि दिइने बताए। तर मोटरसाइकलमा १ जना र निजी सवारी साधनमा ड्राइभरसहित ३ जना मात्रै बस्न पाउने उनले बताए। सार्वजनिक यातायात भने तत्काल नचलाउने निर्णय भएको उनले जानकारी दिए।

सामाजिक दूरीसहित स्वास्थ्यसँग सम्बन्धित सबै सेवा सञ्चालन हुने जानकारी उनले दिए। कृषि तथा पशुपंक्षी व्यवसायका उत्पादन तथा वितरण, उद्योग, व्यापार, व्यवसाय र पसल तथा डिपार्टमेन्टल स्टोर खुला हुनेछ। सपिङ मल भने सञ्चालनमा नआउने सरकारको निर्णय छ। त्यस्तै सबै प्रकारका ढुवानी पनि खुला गरिएको छ। यो व्यवस्था बिहीबारदेखि नै लागू हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *