सरकारको निर्णय स्वागतयोग्य रहेको नेपाल चेम्बरको प्रतिक्रिया

कठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सरकारले गरेको निर्णय स्वागतयोग्य भएको प्रतिक्रिया दिएको छ । मन्त्रिपरिषदको बुधबार अबेरसम्म बसेर गरेको निर्णय प्रति नेपाल चेम्बरले सकारात्मक प्रतिक्रिाया दिएको हो ।

हिजो बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस संक्रमण जोखिमका कारण रोकिएको एसईई नगराइने र काठमाडौं उपत्यकाका निजी सवारी साधन जोर—विजोर प्रणालीमा चलाउन पाइने, पसल सञ्चालन गर्न दिइने, पीसीआर परीक्षणको दायरा बढाइने र क्वारेन्टाइनको स्तरोन्नती गरिने निर्णय गरेको छ । उक्त निर्णय सहरानिय रहेको चेम्बरको भनाइ छ ।

सरकारको निर्णयलाई सकारात्मकमा लिएर कोभिड—१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाएर जस्तै माक्सको उचित प्रयोग गरेर, सेनिटाइजर र सोसल डिस्ट्यान्सको पलना गरेर कामहरु गर्दै जानुपर्ने चेम्बरको भनाइ छ ।

काठमाडौं उपत्यकाका निजी सवारी साधन जोर—विजोर प्रणालीमा चलाउन पाइने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको छ । यसमा जोर गते जोर नम्बर भएका र बिजोर गते विजोर नम्बर भएका निजी सवारी चलाउन पाइनेछ । यसमा मोटरसाइकलमा चालक मात्र र अन्य जुनसुकै निजी सवारी साधनमा चालक सहित बढीमा तीनजना सवार हुन पाइनेछ । यी सबैका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड भने पूरा गरेको हुनुपर्नेछ ।

नेपाल चेम्बर अफ कर्मसले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उपत्यका बाहिरबाट मान्छेहरु आउँने कुरा छ, त्यसलाई पनि रोक्नुपर्छ । साथै, देशभर साइकलयात्री र पैदलयात्रीलाई हिँड्ने दिने, कृषि, उद्योग, दुग्ध ढुवानीलाई निरन्तरता दिने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । पसल सञ्चालन गर्न दिने, पीसीआर परीक्षणको दायरा बढाउने, संक्रमित धेरै देखिएको ठाउँमा सम्बन्धित स्थानीय प्रशासन र स्थानीय तहका बीच प्रदेश सरकारले समन्वय गर्ने र देशभरका क्वारेन्टाइनको स्तरोन्नती गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।’

यस्तै सरकारले भ्याटको, कर तिर्ने समयलाई पनि बढाई दिने चेम्बरको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *