कोरोनाबाट मृत्यु भए २० लाख दिने गाउँपालिकाको निर्णय

गुलरिया । कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई बर्दिया बढैयाताल गाउँपालिकाले राहत दिने निर्णय गरेको छ । कोरोना भाइरस सङ्क्रमण रोकथामलाई थप प्रभाकारी बनाउन पालिकाले उक्त निर्णय गरेको बढैयाताल गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए ।

कोरोना भाइरस रोकथाम नियन्त्रण गर्न अग्रपङ्क्तिमा खटिएका जनप्रतिनिधि, पालिकाले खटाएका कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक र पालिकाबाट खटाइएका व्यक्तिको सङ्क्रमणका कारण मृत्यु भएमा परिवारलाई राहतस्वरुप २० लाख उपलब्ध गराउने निर्णय भएको उनले जानकारी दिए ।

कोरोना भाइरस सङ्क्रमण भएको व्यक्तिको उपचार पनि पालिकाले नै गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठले बताए । बढैयाताल गाउँपालिका हालसम्म चार कोरोना भाइरस सङ्क्रमित छन् । जिल्लामा ६० कोरोना भाइरस सङ्क्रमित रहेकामा छ जना निको भएर घर फर्किसकेका छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *