विरोधको नयाँ शैलीः पिसिआर नुन तेल बेसार !

काठमाडौं । निरंकुश राजतन्त्रको विरोध र संविधानसभाको माग गर्दै ०६२/०६३ को जनान्दोलनमा जसरी आन्दोलनहरु गर्दा टायर बाल्ने, सडकमा भएका संरचना भत्काउने देखि राँके जुलुस निकाल्ने सवारी साधान तोडफोड गर्ने कार्य हुन्थे ।

अझैपनि कुनै राजनीतिक दलको कार्यक्रमहरु भएभने यस्तै श्रृंखलाहरु देख्न सकिन्छ । तर, विगत केही दिन यता माइतीघर मण्डला र बालुवाटारमा सरकारका विरोधमा स्वतः स्फुर्त रुपमा निकालिएका विरोध प्रदर्शनहरुको स्वरुप फरक र क्रियटिभ छ । कतिले अनुहार पेन्टिङ गरेका छन् । कतिले कार्टुन बनाएर प्ले कार्ड बोकेका छन् । कतिले पहिरन नै फरक लगाएका छन् ।

 विवेकशिल नेपाली र साझा पार्टीले गर्ने आन्दोलनहरु सृजनात्मक हुन्थे । शिक्षित युवाहरुको समुह भनेर चिनिएका यी पार्टीले गर्ने क्रियटिभ शैलीका विरोधको स्वरुपलाई अहिलेका युवाहरुले प्रयोग गरेका छन् ।

सरकारले १० अर्बको कोरोना सामग्री खरिद गरेको भनेपनि सोको विरोधमा निकालिएका जुलुसहरुमा सहभागीहरुले कुनै चर्का नारा लगाएका छैनन् । उनीहरुले कुनै भौतिक संरचना भत्काएका छैनन् । जुलुसमा राष्ट्रियता झल्कने गीत गाएका छन्, सांकेतिक प्ले–कार्डहरु बोकेका छन् ।

राजधानीबाट शुरु भएको सृजनशिल विरोध देशका विभिन्न शहरहरुमा पुगेको छ । हिजो विराटनगरमा गरीएको प्रदर्शन पनि सांकेतिक थियो ।

युवाहरुले गरेको स्वतः स्फुर्त आन्दोलनलाई नागरिक अगुवा र राजनीतिक पार्टीहरुले पनि रुचाएका छन् । जसरी एउटा कलमले हजार तरबारको काम गर्दछ त्यसैगरी एउटा सृजनाले हजार भाव ब्यक्त गर्दछ । ब्यङ्ग्यात्मक शैलीमा गरिएको सृजनात्मक विरोध विगतका आन्दोलन भन्दा शक्तिशाली भएको छ ।

हेर्नुहोस बालुवाटार र माइतीघरमा निस्किएको विरोधको नयाँ शैली (तस्विरहरु सामाजिक सञ्जालबाट)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *