जनताले कुर्सीमा बस्न भोट दिने, सरकारले क्वारेन्टाइनमा बस्न गोठ दिने ?

काठमाडौं । आज (शुक्रबार) पनि देशका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । भक्तपुर, काठमाडौं, बुटवल लगायतका ठाउँमा युवाहरुले सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

भक्तपुरमा प्रदर्शनमा सहभागीहरुले ‘ढुंगे बगर ढुंगे बगर, कार्पेट फेर्दैछु हल्ला नगर’, ‘संसद भवनमा हिही र हाहा, १० अर्ब ७० दिनमै स्वाहा’, ‘जनताले कुर्सीमा बस्न भोट दिने, सरकारले क्वारेन्टाइनमा बस्न गोठ दिने ?’ लगायतका नारा लगाएका छन् ।

प्रदर्शनकारीहरुले गर्छौँ नेपाली भएर गर्व, खै त १० अर्ब ?, सारा नेपाली सिड्नीमा बजेट गयो किड्नीमा, इनअफ इज इनअफ लगायत लेखिएका प्लेकार्ड बोकेका थिए ।

त्यस्तै काठमाडौंको बसन्तपुरमा पनि युवा समूहले प्रदर्शन गरेका छन् । सामाजिक सञ्जालमा सञ्चालित अभियानमार्फत सरकारविरुद्ध प्रदर्शन गर्दै आएका युवाहरुको समूहले शुक्रबार बसन्तुपरमा पनि प्रदर्शन गरेका हुन् ।

मास्क र मुकुण्डो लगाएर भेला भएका युवाहरुले कोरोना संक्रमितको पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने, कोरोना महामारी रोकथामको काममा खर्च भएको रकम पारदर्शी बनाउनुपर्ने लगायतका माग राखेका छन् ।

त्यस्तै यता बुटवलमा पनि प्रदर्शन भएको छ । बुटवलमा शुक्रबार कोराना भाइरसको संक्रमण रोकथाममा सरकारले बेवास्ता गरेको र खर्चमा पारदर्शिता नभएको भन्दै नागरिकहरु प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनकारीले सबै परीक्षण पीसीआर विधिबाट गर्नु पर्ने, बेसार पानी खाऊ भन्नुको सट्टा उपचार गर्नु पर्ने, खर्च भएको रकम पारदर्शी हुनु पर्ने माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *