शान्तिपूर्ण जनप्रदर्शनमाथि दमन, ओली सरकार असफल: जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केपी शर्मा ओली नेतृत्वको सरकार कोरोना महामारी नियन्त्रण गर्न पूर्ण असफल भएको दाबी गरेको छ ।

पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले शुक्रबार विज्ञप्ती जारी गर्दै यस्तो दाबी गरेका हुन् । मुलुकमा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, उद्योग लगायत आर्थिक क्षेत्रमा चरम भ्रष्टाचार, संकट र अनियमितमा बढ्दै गएको समेत जसपाको आरोप छ ।

त्यस्तै ओली सरकारका असफलताका विरुद्ध व्यापक जनप्रदर्शनहरु भएको उल्लेख गर्दै जसपाले सरकारले जनताका आवाजलाई सम्बोधन गर्नुको सट्टा हेपाहा प्रवृत्ति देखाई शान्तिपूर्ण जनप्रदर्शनमाथि दमन गरेको बताएको छ । उसले सरकारको सो कार्यको भत्सर्ना समेत गरेको छ । यस्ता दमनात्मक कार्यलाई बन्द गरी जनताका न्यायोजित आवाजलाई तुरुन्त सम्बोधन गरिनुपर्ने पार्टीको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *