वीपी प्रतिष्ठानबाट ८ कोरोना संक्रमित डिस्चार्ज, सुनसरीमा थपिए १०

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज ८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना भएका झापा, सुनसरी, ताप्लेजुङ र पाँचथरका ८ जना संक्रमितको उपचार पछिको पिसिआर परीक्षणमा कोरोना नेगेटिभ देखिएकोले डिस्चार्ज गरिएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले झापाका एक जना पुरुष, ताप्लेजुङका तीन पुरुष, पाँच थरका एक पुरुष र सुनसरीका तीन पुरुष कोरोनाको उपचार पछि निको भएर घर फर्किएको बताए ।

वीपी प्रतिष्ठानमा हाल २४ जना कोरोना पोजेटिभ उपचारार्थ रहेका छन् । प्रतिष्ठानबाट अहिलेसम्म १०० जना कोरोना पोजेटिभ विरामी उपचार पछि निको भएर घर फर्किइसकेका छन् ।

यता सुनसरीमा आज मात्रै १० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै सुनसरीमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ । आज थपिएका कोरोना संक्रमितहरु क्वारेनटाइनमै बसेकाहरू रहेका छन् ।

१० जना मध्ये भोक्राहा क्वारेनटाइनमा बस्ने ६ जना, देवानगन्ज क्वारेनटाइनमा बस्ने २ जना र हरी नगर क्वारेनटाइनमा बस्ने २ जना गरी १ महिला र ९ जना पुरुष रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *