सुनसरीमा पनि सरकारकाे विराेधः जनतामारा भन्दै युवा सडकमा

  • भरतराज शर्मा (गोपाल)

धरान । नेपाल सरकारले स्वास्थ्य सामाग्री खरिद गर्दा भ्रष्टाचारको चरम सिमा नाघेको भन्दै सुनसरीको धरानमा प्रदर्शन गरिएको छ । शुक्रबार साँझ ६ बजे धरानको भानुचौकमा सयौँको संख्यामा उपस्थित युवाहरुले कोभिड–१९ को उपचार तथा रोकथाम नियन्त्रणमा सरकारले १० अर्बौँ अनियमितता गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

विभिन्न प्लेकार्ड सहितको नारा लगाउँदै प्रदर्शनकारीहरुले आरडिटी परीक्षण बन्द गरी पीसीआर पीसिआरको दायरा बढाउनुपर्ने बताए । सरकारले जनताको नसुनेर परीक्षण र व्यवस्थापनमा व्यापाक भ्रष्टाचार गरेको उनीहरुको आरोप छ ।

उनीहरुले राहतमा र स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचारको गन्ध, जनतामारा सरकार लगायतका नाराबाजी गरेका थिए । १० अर्ब खर्च गरिएको भनिएको विवरण सार्वजनिक गरी पारदर्शिता देखाउनुपर्ने उनीहरुको माग छ ।

साथै उनीहरुले भारतसँगको सिमा विवाद सुल्झाउन तथा नेपाली सिमा रक्षा गर्न समेत माग गरेका छन् । एमसीसी परियोजनाका विषयमा समेत उनीहरुले आवाज उठाएका छन् ।

भिडियो: भरतराज शर्मा (गोपाल) धरान

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *