चितवनमा पनि लकडाउन लचिलाे, जोर बिजोर प्रणाली लागू

चितवन । नेपाल सरकारले लकडाउनलाई केहि खुकुलो बनाउने निर्णय भएसँगै चितवनमा समेत लकडाउन लचिलो भएको छ । सरकारले तोके अनुसारको पसल तथा संस्थाहरु खुल्ने भएका छन् ।

पसल संचालन गर्दा सुरक्षा सम्बन्धि मापदण्ड भने पुरा गर्नुपर्ने छ । त्यस्तै सवारीसाधन संचालनमा जोर-बिजोर प्रणाली लागु भएको छ । जोर मितिमा सावरीसाधनको अन्तिमको नम्बर जोर भएको र बिजोर मितिमा बिजोर नम्बरको सवारी साधन संचालन हुन पाउनेछन् ।

पास बाहेकको कुनैपनि सवारीसाधन जिल्ला प्रवेश गर्न नपाउने जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । त्यस्तै मोटरसाइकलमा एकजना मात्रै र निजी गाडीमा चालक बाहेक दुईजना मात्रै सवार हुन पाउनेछन् ।

अन्य जिल्लामा जान तथा बाहिरबाट आउन भने पास अनिवार्य गरिएको छ । पास बाहेकको कुनैपनि सवारीसाधन जिल्ला प्रवेश गर्न नपाउने सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए । सरकारी कार्यालय तथा बैक वित्तिय संस्था बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखी बेलुका ६ बजेसम्म गरेर दुई सिफ्टमा संचालन हुनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *