सरकारले घटायो चार्टर्ड उडानको भाडा, अब कुन देशको कति ? [सूचीसहित]
मकालु खबर
२०७७ जेठ ३१ गते
काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउँदा तोकिएको चार्टर्ड उडानको भाडा हेरफेर गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशबाट उद्धार गरी ल्याउन केही दिनअघि तोकेको भाडा केही घटाएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार विदेशबाट उद्धार गर्न उडान तालिका तथा भाडा निर्धारण गरेको थियो । तर भाडा निर्धारण गरेपछि चौतर्फी आलोचना भइरहेको थियो । विदेशमा बेखर्ची भएका नागरिकलाई अत्यधिक भाडाको बोझ बोकाउन लागिएको भन्दै आलोचना भएपछि सरकारले शुक्रबार भाडादर घटाएको हो ।
हेरफेर गरिएको भाडादरमा केही गन्तव्यको भाडा कायमै राखिएको भने विशेषगरी वैदेशिक रोजगारीमा गएकाहरू बाहुल्य भएको गन्तव्यमा भाडा घटाएको छ । तर सरकारले भाडा घटाएपनि अझै महँगो छ ।
भाडादरको सूची :-
मकालु खबर
२०७७ जेठ ३१ गते
प्रतिक्रिया
सम्बन्धित