मातृभूमिको रक्षाका लागि वीरता प्रदर्शन गर्न नेपाली तयार छन्ः देवेन्द्र पौडेल

काठमाडौं। नेकपाका सांसद देवेन्द्र पौडेलले मातृभूमिको रक्षाका निमित्त नेपालीहरू एकबद्ध रहेको बताए। शनिवार प्रतिनिधिसभा संसद्मा संविधान संशोधन विधेयकमाथिको छलफलमा पौडेलले इतिहासमा वीरता प्रदर्शन गरेको नेपाली आज पनि मातृभूमिको रक्षाका लागि लड्न तयार रहेको बताए।

उनले भनेका छन्, ‘हामी नराम्रो कुरा भन्न चाहन्नौं। तर आवश्यक पर्‍यो भने मातृ भूमिको रक्षाका निम्ति इतिहासमा नेपालीहरू लडेका थिए। आज र भविष्यमा पनि लड्न तयार छन्। वीरता नेपालीको गाथा र इतिहास हो। हाम्रो भूगोल हामीलाई चाहियो।’

काली नदिदेखि पूर्वको भूभाग नेपालको हो भन्ने विषय तथ्य र प्रमाण प्रशस्त रहेको बताए। उनले नेपालको भूभाग भएको प्रमाण र तथ्य हुँदा हुँदै नेपाली भूमिमा किन सडक खनेको भनेर भारत सरकारलाई प्रश्न गरे। उनले प्रधानमन्त्री ओलीको कार्यकालमा नेपाली भूमि फिर्ता हुनेमा विश्वास व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *