हाम्रो भूमि फिर्ता लिएरै छौड्छौं : डा. तुम्बाहाम्फे

 

काठमाडौं । प्रतिनिधिसभा बैठकमा बोल्दै डा. शिवमाया तुम्बाहाम्फेले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता लिएरै छोड्ने बताइन । उनले नेपालले आफ्नो भूमि फिर्ता लिएर छोड्ने कुरा मित्र राष्ट्र भारतले पनि थाहा पाउनुपर्ने बताइन् ।

उनले भनिन्, ‘हामी नेपालीहरुको बानी सप्रमाण मात्रै बोल्ने रहेको छ । हामी तथ्य प्रमाणसहित वार्ताको टेबुलमा प्रस्तुत हुनेछौँ हामी छिमेकी भारतसँग मित्रता चाहन्छौं । तर हाम्रो भूमि फिर्ता लिएरै छौड्छौं भन्ने कुरा मित्र राष्ट्रले पनि थाहा पाउनु पर्छ ।’

संविधान सभाबाट पारित भइ जारी भएको नेपालको संविधानलाई संविधानको धारा २७४ बमोजिम संसोधन गर्नसक्ने संवैधानिक प्रावधान भए अनुरुप नेपाल सरकारले नेपालको संविधान दोस्रो संसोधन विधेयक सदनमा पेश गरको डा. तुम्बाहाम्फे बताइन् ।

उनले आजको दिन नेपालीको लागि सुखद क्षण रहेको बताउँदै सबै नेपाली राष्ट्रियताका विषयमा एक भएका उल्लेख गरिन् ।

संसोधित विधेयकले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, नेपालको भौगोलिक अखण्डता, राष्ट्रियता एकता, स्वाधिनता तथा स्वाभिमानलाई अक्षुण राखि तीन करोड नेपाली जनताको सार्वभौम अधिकार स्वायत्तता र स्वशासनको अधिकारलाई अझ उचाइमा पुर्याएकोे उनको भनाइ छ ।

नेपालले हालै नेपालको सीमा अनुरुपको नक्सा प्रकाशन गरेको हुनाले नेपालको संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ को निसाना छापभित्र अंकित नेपालको नक्सालाई वास्तविक सीमा अनुरुप मिलाउने प्रयोजनको लागि नेपालको संविधान दोस्रो संसोधन २०७७ सदनमा पेश गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *