संसदमा संविधान संशोधन विधेयकमाथि मतदान प्रक्रिया सुरु

काठमाडौं। संविधान संशोधन प्रस्तावमा मतदान प्रक्रिया सुरु भएको छ। निशान छाप संशोधन गर्ने संविधान संशोधन विधेयकमाथि प्रतिनिधिमा छलफल सकिएपछि मतदान प्रक्रिया सुरु भएको हो। अहिले सांसदहरूले मतदान गरिरहेका छन्।

दफावार छलफलमा सबै राजनीतिक दलहरुले उक्त विधेयकमाथि समर्थन जनाइसकेपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेकी हुन्। प्रस्तावमाथि अहिले लिखित रुपमा मतविभाजन प्रक्रिया अगाडि बढेको छ।

प्रतिनिधि सभा सदस्यहरुले मतपत्रमा ‘हुन्छ” र ‘हुन्न’मा चिन्ह लगाउँदै हस्ताक्षर गर्नेछन्। मतदानपछि केहीबेरमा भारतको अतिक्रमणमा परेका नेपाली भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा औपचारिक रुपमा नेपालको नक्सामा समेटिने छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *