यी १२ सांसद जसले ‘ऐतिहासिक प्रस्ताव’मा हस्ताक्षर गरेनन्

काठमाडौं । जेठ ३१ गते नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक दिन बन्यो । जुनदिन लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समावेश गरेर नेपालको संविधानको अनुसूची-३ मा संशोधन गर्न सङ्घीय संसदमा प्रस्तुत संविधान संशोधनको प्रस्ताव संसदबाट वृहत्तर सहमतिका साथ पारित भयो ।

प्रतिनिधिसभामा भएको मतदानमा विधेयकको पक्षमा उपस्थित सबै २५८ सांसदको मत खस्यो भने विपक्षमा कुनै मत खसेन । प्रस्तावका पक्षमा रहने सांसदका लागि सभामुख आसनको दायाँतिर रहेको उपकक्ष लबीमा प्रवेश गरी त्यहाँ राखिएको नामावलीमा दस्तखत गर्नुपर्ने थियो । प्रस्तावको विपक्षमा रहने सांसदले सभामुखको आसनको बायाँतर्फ रहेको उपकक्ष लबीमा प्रवेश गरी त्यहाँ राखिएको नामावलीमा दस्तखत गर्नुपर्ने थियो ।

सबै सांसदले सभामुख आसनको दायाँतर्फको लबीमा गएर हस्ताक्षर गरे तर, २ सय ७५ सांसद रहेको प्रतिनिधिसभामा संविधान संशोधन विधेयकमाथिको मतदानका क्रममा १२ जना सांसद भने अनुपस्थित थिए । ४ जना सांसद भने निलम्बनमा छन् । सभामुखले विधेयकमाथिको मतदानमा सहभागिता जनाउँदैनन् ।

को-को रहे अनुपस्थित
अनुपस्थित रहेका सांसदहरूमा सत्तारुढ नेकपाका सबैभन्दा धेरै छन् । हरिबोल गजुरेल, शिवकुमार मण्डल, धनबहादुर बुढा र गोपालबहादुर बम रहेका छन् । त्यस्तै, प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदहरू नागेन्द्रकुमार चौधरी, सूर्यबहादुर केसी र ज्ञानकुमारी छन्त्याल अनुपस्थि रहे । ‍

राजपाका प्रमोद साह, अमृतादेवी अग्रहरी र दुलारीदेवी खत्वेनी अनुपस्थित रहँदा समाजवादीका सांसद सूर्यनारायण यादव अनुपस्थित रहे भने सरिता गिरीले संसद बैठक बहिष्कार गरिन् । समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेपनि गिरीले ह्वीप उलंघन गरेकी हुन् ।

सांसदहरू हरिनारायण रौनियार, रेशम चौधरी, मोहम्मद अफताव आलम र विजयकुमार गच्छदार निलम्बित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *