सवारी दुर्घटनामा प्रतापपुर गाउँपालिका अध्यक्ष शर्माको मृत्यु

नवलपरासी । पश्चिमी नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष ५१ वर्षीय राजकुमार शर्माको सवारी दुर्घटना परि निधन भएको छ । नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित शर्माको गाउँपालिकाको लु१झ ३७० नम्बरको सवारी बर्दघाट–त्रिवेणी सडकखण्डको लक्ष्मीपुरमा दुर्घटना हुँदा निधन भएको हो ।

चिसापानी सामुदायिक अस्पताल चौपत्ता लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी दिइएको छ । सवारी अनियन्त्रित भएर पल्टँदा दुर्घटना भएको बताइएको छ । दुर्घटनामा गाउँपालिकाका सवारी चालक प्रतापपुर गाउँपालिका ५ का हरिलाल राजभर घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *