भाजपाका वरिष्ठ नेता भन्छन्– हामीले नेपालीको भावनामा ठेस पुर्याएका छौँ
मकालु खबर
२०७७ जेठ ३२ गते
काठमाडौं । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता सुब्रमण्यम स्वामीले हामीले नेपालीको भावनामा चोट पुर्याएको बताएका छन् । प्रतिनिधिसभाबाट लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा सर्वसम्मत पारित भएको भोलिपल्ट भाजपाका वरिष्ठ नेताले उनले यस्तो बताएका हुन् ।
भारतको विदेश नीतिमा प्रश्न समेत उठाएका छन् । देशको विदेश नीति पुनरावलोकन गर्नु आवश्यक रहेको उनको भनाइ छ ।
उनले ट्वीटरमा लेखेका छन्– ‘नेपालले कसरी भारतीय भू-भागलाई आफ्नो भनेर सोच्न सक्छ ? के कुराले उनीहरूको भावनालाई चोट पुर्याएकाे छ ? जसका कारण भारतसँग सम्बन्ध तोड्न चाहन्छन् ? के यो हाम्रो असफलता होइन ? विदेश नीतिलाई पुनरावलोकनसहित फेरि स्थापित गर्न आवश्यक छ ।’ एजेन्सी
मकालु खबर
२०७७ जेठ ३२ गते
प्रतिक्रिया
सम्बन्धित