नेकपा सचिवालय बैठक फेरि स्थगित

काठमाडौं। सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक फेरि स्थगित भएको छ। मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी)बारे छलफल गर्न आइतबार अपरान्ह चार बजे बोलाएको सचिवालय बैठक स्थगित गरिएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक स्थगित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बिग्रिएपछि बैठक स्थगित भएको हो। यसअघि पनि विवादित एमसीसीबारे छलफलका लागि गत जेठ २७ गते बोलाइएको सचिवालय बैठक स्थगित भएको थियो।

एमसीसी कार्यदलका सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवालीलाई पनि बोलाइएको थियो। यसअघिको बैठकमा पनि रावल र ज्ञवाली सहभागी थिए। लामो समयदेखिको विवादत बनेको एमसीसी कार्यदलले बुझाएको अध्ययन प्रतिवेदनबारे नेकपा सचिवालयमा छलफल हुन सकेको छैन।

नेकपाभित्र एमसिसी यथास्थितिमै पारित गर्ने कि संशोधनसहित पारित गर्ने विषयमा टुंगिएको छैन। नेकपा सचिवालयका बहुसंख्यक नेता एमसीसी पास गर्न नहुने पक्षमा छन्। प्रचण्डसहितका नेताहरु भने कार्यदलको प्रतिवेदनका आधारमा परिमार्जन भएमात्र पारित हुनुपर्ने पक्षमा छन्।

एमसिसी सम्झौता कार्यान्वयनका लागि १६ असारभित्र संसदबाट निर्णय गरिसक्नुपर्ने भएकाले नेकपा नेतृत्व छिटो टुंगो लगाउनुपर्ने दबाबमा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *