मनसुन सक्रिय : काठमाडौंसहित गण्डकी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौं । नेपालमा वर्षा गराउने मौसमी प्रणाली मनसुनले बिस्तारै गति लिइरहेको छ । यसका साथै पश्चिमी वायुको प्रभावले देशका अधिकांश भू-भागमा वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कैलाली, बर्दीया, सुर्खेत जिल्ला आसपासको क्षेत्र साथै गण्डकी प्रदेश र प्रदेश १ का केही स्थानहरूमा वर्षा भईरहेको छ ।

दिउँसो वागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा मेघगर्जन, चट्याङ, हावाहुरी सहित भारी वर्षाको सम्भावना रहेको छ ।

स्यो छ तीन दिनको पूर्वानुमान :-

असार ०१ गते (सोमबार)
दिउँसोः सुदुर पश्चिम, कर्णाली र प्रदेश ५मा सामान्य बदली रही बाकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। बागमति प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र प्रदेश २ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असार ०२ गते (मंगलबार)
दिउँसोः सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः सुदुर पश्चिम प्रदेश र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको सम्भावना रहेको बाबमति, गण्डकी र प्रदेश ५का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असार ०३ गते (बुधबार)
दिउँसोः सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ मा आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको संभावना रहेको छ।

रातीः पहाडी भू-भागहरूमा सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहनेछ। पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *