पर्सामा थप १० जनामा देखियो कोरोना संक्रमण

काठमाडौं। सोमबार पर्साका थप १० जनामा कोरोना संक्रमण देखिएको छ। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा एक महिलासहित १० जनामा कोरोना संक्रमण देखिएको हो।

संक्रमित हुनेमा तीन जना स्वास्थकर्मी र एक जना कार्यालय सहयोगी समेत रहेको विन्दवासनी गाउँपालिकाको स्वास्थ्य प्रमुखले जानकारी दिएका छन्। संक्रमित स्वास्थकर्मी र कार्याले सहयोगी क्वारेन्टाइनमा व्यवस्थापनमा खटिएका थिए।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार संक्रमितहरु विन्दवासनी गाउँपालिकाको क्वारेन्टाइन र पटेर्वा सुगौली गाउँपालिकाको रहेको थिए। गत जेठ २६ मा उनीहरुको स्वाब संकलन गरिएको थियो।

संक्रमितलाई आइसोलेसन वार्डमा लैजाने तयारी भइरहेको स्वास्थ्य प्रमुख चौहानले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *