भारतमा पहिलो पटक एकैदिन २ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु
मकालु खबर
२०७७ असार ३ गते
काठमाडौं । भारतमा एकैदिन २ हजार बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ३ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १० हजार ९७४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या ३ लाख ५४ हजार ६५ पुगेको छ भने हालसम्म ११ हजार ९०३ जना संक्रमितको मृत्यु भएको छ ।
भारतमा सबैभन्दा बढी केस महाराष्ट्रमा पुष्टि भएको छ । त्यहाँ १ लाख १३ हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ हजार ५३७ जनाको मृत्यु भइसकेको छ ।
मकालु खबर
२०७७ असार ३ गते
प्रतिक्रिया
सम्बन्धित