वार्ताका लागि भारत तयार हुनुपर्छः नारायणकाजी श्रेष्ठ

काठमाडौं । राष्ट्रिय सभा सदस्य तथा सत्तारुढ नेकपाका नेता नारायणकाजी श्रेष्ठले भारत वार्तामा बस्न तयार हुनुपर्ने बताएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा नक्सासम्बन्धी संविधान संशोधन विधेयकमाथिको दफावार छलफल भाग लिँदै नेता श्रेष्ठले यस्तो बताएका हुन् ।

छिटो वार्तामा बसेर नेपाल र भारतबीचको सिमा विवाद टुंग्याइ सम्बन्धलाई नकारात्मक दिशामा जान दिन नहुने उनको तर्क छ । ‘लिम्पियाधुरा क्षेत्रका विषयमा देखिएका समस्या समाधान गर्ने उपाय वार्ता र संवाद नै हो । हामीले बारम्बार भनिरहेका छौं, वार्तामा बसौं, वार्तामा बस्न आतुर छौं र लगातार प्रयत्न गरिरहेका छौं । अब भारत वार्तामा बसेर समाधान गर्न तयार हुनुपर्छ’, नेता श्रेष्ठले भने ।

१८१६ को सुगौली सन्धिमा काली नदीको पश्चिमको भूभाग भारतलाई छोड्ने भनेको, नोभेम्बर १९१९ मा भारतले प्रकाशित गरेको नक्सामा दुई देशबीचको सीमा काली नदी देखाइएको र नेपालको कुनै पनि शासकले सुगौलि सन्धिपछि कुनै सन्धि वा सम्झौता गरेर भारतलाई जमिन हस्तान्तरण नगरेका कारण लिम्पियाधुरा नेपालकै हो । यसको प्रमाण एथेष्ट रहेको उनको दाबी छ । त्यस्तै उनले कालापानीबाट भारतीय सैनिक क्याम्प हटाउनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *