‘नेपालको उपचारविधि राम्रो भएका कारण मृतक संख्या धेरै नै कम छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको उपचारविधि र नेपालीको रोग प्रतिरोधात्मक क्षमता अधिक भएका कारण कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या कम भएको दाबी गरेका छन् ।

बिहीबार राष्ट्रिय सभाको दोस्रो बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । मृतकको संख्या २० पुग्नुको कारण पनि विश्व स्वास्थ्य संगठनको मापद्दण्ड रहेको उनको भनाइ छ ।

‘मृत्यु हुनेको संख्या ठुलो हुनुपथ्र्यो भनेको होइन । तरपनि कोरोनाकै कारणले मृत्यु हुनेको संख्या डाटामा देखाइएको भन्दा अझै कम छ । त्यो हिजोसम्मको डाटामा उल्लेखति २० जना सबै कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरु होइनन्,’ प्रधानमन्त्री ओलीले भने, ‘विश्व स्वास्थ्य संगठनको मापद्दण्डका कारण जुनसुकै कारणले निधन भएको भएपनि यदि कोरोना संक्रमण भेटियो भने त्यस्तो अवस्थामा कोरोनाबाटै निधन भएको भनेर मान्नुपरेको हो ।’

संसदमा पछिल्लो २४ घण्टाको डाटा देखाउँदै प्रधानमन्त्री ओलीले नेपालको उपचारविधि र नेपालीको रोग प्रतिरोधात्मक क्षमता लगायतका कारण निधन हुनेको संख्या धेरै कम भएका दाबी गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *