प्रधानमन्त्रीले सुनाए बेसारको कहानीः कस्तो अवस्थामा खानु हुँदैन ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि बेसारको कहानी सुनाएका छन् ।

नेपालमा कोरोना भाइरस (कोभिड १९) को प्रभाव र यसको जोखिमबाट उम्किन सरकारले गरेको कामकारवाही तथा बजेट वनियाेजनबारे जानकारी दिन तथा सांसदहरुले राखेका जिज्ञासा मेटाउन राष्ट्रिय सभा पुगेका प्रम ओलीले बेसारबारेको कहानी सुनाएका हुन् ।

‘हामीले इम्युन सिष्टम कसरी बढ्छ भनेर कुरा गर्दा त्यसलाई कतिले उडाएका छन् । मैले सडकमा पनि देखेँ । कतिपयले बेसार खाएर निको हुन्छ ? भनेर पनि निस्किए । बेसारले उपचार मात्र हैन कहिलेकाहिँ बिषको पनि काम गर्छ,’ प्रम ओलीले भने, ‘तर एउटा एन्टिबायोटिक, औषधीय गुणको तत्व हो बेसार भनेको । त्यसैले कुनै चिजको साइड इफेक्ट हुन्छ, कतिबेला खान हुन्छ कतिबेला हुँदैन भन्ने हुन्छ ।’

बेसार पनि कुनै कुनै अवस्थामा खान नहुने उल्लेख गर्दै उनले रक्तअल्पता जण्डिस हुँदा, रोगी, सुत्केरी महिला, आइरन, रगतको कमी भएकाहरुले बेसार खान नहुने बताए । त्यस्तै प्रेशन गर्नुछ भने ७२ घण्टा अगाडिदेखि बेसार खान नहुने उनको भनाइ छ ।

बेसारले रगत पातलो बनाउने काम गर्ने उनले बताए । ठीक ढंगले भनेको कुरालाई पनि नेपालमा उडाउन खोज्ने प्रवृति बढेको उनको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *