कोरोना प्रभावबारे प्रधानमन्त्रीः दशैं–तिहारपछि संक्रमण बढ्न सक्छ !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैं, तिहार र छठपछि कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम अझै बढ्न सक्ने आँकलन गरेका छन् । बिहीबारको राष्ट्रिय सभाको दोस्रो बैठकमा बोल्दै प्रम ओलीले कोरोना संक्रमणबारे यस्तो धारणा राखेका हुन् ।

अहिले कोरोना संक्रमित बढे पनि साउनमा कोरोनाको संक्रमण घट्ने र फागुनदेखि भने नियन्त्रणमा आउन सक्ने उनको भनाइ छ । ‘चाडपर्वका कारण मंसिरमा कोरोनाको ग्राफ बढ्न सक्छ, मंसिरको अन्तिमबाट सुरु भइ पुस–माघमा कोरोनाको ग्राफ नियन्त्रणमा आउन पनि सक्छ । सम्भवतः फागुनको महिना नियन्त्रणको महिना हुन्छ ।’

बाहिरबाट सहजै आउन नदिने र भारतको सिमानाबाट आउन नपाउने स्थिति बनाउँदै त्यसबेलासम्म उपयुक्त क्वारेन्टाइनको व्यवस्था गर्ने अवस्था, बाहिरबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने अवस्था र कोही पनि उम्किएर समाजमा जान नसक्ने स्थित बनाउने प्रधानमन्त्री ओलीको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *