इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा १० जना बेपत्ता
मकालु खबर
२०७७ असार ६ गते
जाकार्ता । इन्डोनेसियाको पश्चिमी क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा १० जना बेपत्ता भएका बताइएको छ । शनिबार इन्डोनेसियाली अधिकारीले सुन्ड्रा स्ट्रेटमा भएको डुङ्गा दुर्घटना हुँदा कम्तीमा १० जना बेपत्ता भइरहेका र उनीहरूको खोजी कार्य जारी रहेको जानकारी गराएका छन् ।
डुङ्गा बान्टेन प्रान्तबाट राकाटा टापूतर्फ गइरहेको समय चाइल्ड क्रयाकाटाउ ज्वालामूखी नजिक पुग्दा डुबेको राष्ट्रिय खोज तथा उद्धार कार्यालयका प्रवक्ता युसुफ लाटिफले बताए । हराइरहेका १० यात्रुको खोजीका लागि दर्जनौँ उद्धारकर्मीहरू घटनास्थल पुगेको र खोजीकार्य जारी रहेको प्रवक्ता लाटिफले जानकारी दिए ।
घटनास्थलबाट अन्य छ जनालाई सकुशल उद्धार गरिएको थियो । इनडोनेसियामा पूराना डुङ्गा, बदलिइरहने मौसम र भारबहन क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण प्राय दुर्घटनाहरू हुने गर्दछन् । (रासस/सिन्ह्वा)
मकालु खबर
२०७७ असार ६ गते
प्रतिक्रिया
सम्बन्धित