लकडाउनमा सुनको भाउ बढेको बढ्यै, तोलामै ९१ हजार !

काठमाडौं । लकडाउनको अवधिमा समेत सुनको मूल्य लगातार उकालो लागिरहेको छ । लकडाउनअघि नै आकाशिँदै गएको मूल्य अझै ओरालो लागेको अवस्था छैन ।

आज (सोमबार) मात्रै नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ पुगेको छ । सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार रुपैयाँ तोकेको छ । आइतबार छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएकाे थियाे । आज तोलामा ४ सय रुपैयाँले बढेर ९१ हजार पुगेकाे हाे ।

त्यसैगरी आज तेजावीका लागि ९० हजार पाँच सय ६५  रूपैयाँ मूल्य ताेकिएकाे छ । आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाले बढेको छ । आज चाँदीको मूल्य बढेर प्रतितोला ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *